काठमाडौं, मंसिर १७ ।१३औं साग अन्तरगत महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दैछ । खेल ४ बजेपछि त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा शुरु हुनेछ ।
शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको थियो ।
नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।