Logo

चार एटीआर भित्र्याउँदै सीता एयर



काठमाडौं, मंसिर १८ । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सीता एयरले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने गरी आन्तरिक उडानमा ठूला जहाज ल्याउने भएको छ। यो वायुसेवाले सुगम क्षेत्रका विमानस्थलमा उडान गर्न एटीआर ७२ नामक ७२ सिट क्षमताका जहाज ल्याउने लागेको हो।

सीता एयरले चार वटा जहाज ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ। सोही अनुमतिअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यको भनाई रहेको आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्