काठमाण्डौँ १८ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत तेक्वान्दोमा सक्षम कार्कीले स्वर्ण जितेको छ ।
यससंगै नेपालको कुल स्वर्ण पदक सय पुगेको छ । ८७ केजीमाथिको तौलमा सक्षमले पाकिस्तानी खेलाडी अक्वर अली शाहीलाई २७-९ ले पराजित गर्दै स्वर्ण जितेका हुन् ।