Logo

आर्चरीमा पाकिस्तान सहभागी नहुने



पोखरा, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आर्चरी खेलमा पाकिस्तान पनि सहभागी नहुने भएको छ। पाकिस्तानले अन्तिम समयमा आएर आर्चरीमा सहभागी नहुने जनाएको हो। मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाउ दिएको पाकिस्तानले अन्तिम समयमा आएर आन्तरिक कारण देखाउँदै खेलमा सहभागी नहुने बताएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले जानकारी दिए।

थकालीका अनुसार नेपालसहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुँदै छन्। भुटानका ९ खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदै छन् भने अन्य तीन देशका १६र१६ खेलाडी सहभागी हुने जनाइएको छ।

प्रतियोगिता बिहीबार ८ बजेतिर सुरु हुने उपाध्यक्ष थकालीले जानकारी दिए। टिम रिकर्भ ९७० मिटर० महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। त्यसै गरी कम्पाउन्ड ९५० मिटर० महिला तथा पुरुष, कम्पाउन्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन्।

प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले ¥याङकिङ गर्ने भएको छ। विश्व आर्चरी महासंघबाट प्रतिबन्धित भारत १३औं सागमा सहभागी नहुने भएको छ। अन्तिम समयमा आएर दबाबका बावजुद दर्ता भएको भारतको आर्चरीे टिमलाई सागमा सहभागी हुन नदिने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको हो।नागरिक दैनिक



प्रतिक्रिया दिनुहोस्