काठमाडौं,मंसिर १९ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भईरहेको नेपाल र भुटानबिचको खेलमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्रा्ष्ट्रिय टी–२० शतक प्रहार गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत जारी भुटानविरुद्ध उनले शतक प्रहार गरेका हुन् । टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले कप्तान ज्ञानेन्द्र मल्ल ५५ बलमा १०७ रन बनाएर बाहिरिएका छन् ।