काठमाण्डौँ, २० मंसिर । १३ औँ दक्षिण् एसियाली खेलकुद (साग) अन्तरगत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दौडमा नेपालकालागि गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् ।
गोपीले दौडमा निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । नेपालकै हरिकुमार रिमालले भने कास्य जितेका छन् । हरिकुमारले निर्धारित दुरी १४ मिनेट ५७.५सेकेण्डमा पूरा गरे ।
यसैगरि भारतका खेलाडी सुनिल दवारले रजत हात पारेका छन् । उनले सो स्पर्धामा निर्धारित दुरी १४ मिनेट ५५.२१ सेकेण्डमा पूरा गरि रजत जितेका हुन् ।