काठमाडौं, २२ मंसिर । नेपाली पौडी स्टार गौरिका सिंहले एकै दिन दुई पदक जितेकी छिन् । १३ औं दक्षिण एशियाली खेल (साग) अन्तर्गत आइतबार भएको प्रतिष्पर्धामा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।
स्वर्ण जितेर केही थाकेकी उनले ५० मिटर ब्याकस्ट्रोकमा रजतमै चित्त बुझाउनु पर्यो । निकै प्रतिष्पर्धात्मक खेलमा उनी भारतीय खेलाडीसँग ७७ मिलिसेकेन्डले मात्र पछि परिन् ।
आज स्वर्ण जितेर गौरिकाले इतिहास रचिसकेकी छिन् । उनले एउटै सागमा तीन स्वर्ण जितेर इतिहास रचेकी हुन् । जितसँगै गौरिकाको नाममा तीन स्वर्ण र दुई रजत भइसकेको छ । File Photo