Logo

अपराधीलाई उन्मुक्ति दिन दबाब



काठमाडौं, मंसिर २३ । लागुऔषध दुव्र्यसनमा जेल परेका तीन सोमालियालाई उन्मुक्ति दिन संयुक्त राष्ट्रसंघीय निकाय लागेको छ। राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायुक्त यूएनएचसीआरको नेपाल कार्यालयका अधिकारीले ती सोमालियाली आफूलाई बुझाउन अध्यागमन विभागमा दबाब दिएको उच्च स्रोत बताउँछ। यसका लागि उनीहरूले गृह मन्त्रालयसम्म लबिङ गरेका छन्।

विभागले भने सोमालियाका नागरिक आवादी फाहाद युसुफ, इब्राहान अलिहाजी र जामा अब्दिफाथा अहमेदलाई निष्काशनको तयारी गरेको छ। मन्त्रालयले पनि लागुऔषध सेवनजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई बुझाउन नसकिने जवाफ यूएनएचसीआरलाई दिएको छ।

यूएनएचसीआरले तीनै जनालाई शरणार्थीको हैसियत दिएर संरक्षण गर्दै आएको थियो। उसकै संरक्षणमा रहेका बेला उनीहरूले लागुऔषध सेवन गरेका थिए। सोही प्रकरणमा प्रहरीले उनीहरूलाई २०७४ सालमा पक्राउ गरेको थियो। उनीहरूले दुई वर्ष जेल सजाय भुक्तान गरेका छन्।



प्रतिक्रिया दिनुहोस्