Logo

उमेर नपुग्दै विवाह गर्दा पढाइमा अवरोध



काठमाडौँ, २३ मंसिर । कमलबजार नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहेलामा कक्षा ७ मा अध्ययनरत एक छात्राको बिहे भयो ।

बिहेपछि उनको पढाइ वञ्चित नहोस् भने र विद्यालयले श्रीमान् सित प्रमाणपत्र पठाइदियो । त्यसको केही दिनपछि छात्राका बुवा रामबहादु र भुलले मेरी छोरीलाई विद्यालयले किन पोइल पठाइदिएको भने र झगडा नै गरे । सोही नगरकै श्री विद्या प्रबोधिनी माविका घोडासैनकी उत्कृष्ट छात्राको पनि कक्षा ९ मा पढ्दाकै अवस्थामा बालविवाह भयो । केही महिनापछि सम्बन्ध विच्छेद भयो र मानसिक तनावले विद्यालय पनि छुट्यो ।

कक्षामा उनका सहपाठीले यो कुरा खासखुस गरेपछि विद्यालयकी शिक्षिका वसन्तकुमारी विष्टले खोेजेरै विद्यालयमा ल्याए र फेरी पढ्ने वातावरण बनाइदिए। ती छात्रा जेनतेन एसईई उत्तीर्ण गरेर हाल सोही विद्यालयमा ११ अध्ययन गर्दै भए पनि अझै वास्तविक उमे र २० वर्ष पुगेको छैन । अछामको कमलबजार नगरपालिकाका धेरै विद्यालयका कक्षा कोठामा २० वर्ष नपुग्दै घरजम गरेका धेरै छात्रछात्रा भेट्न सकिन्छ । नगरपालिकाका सबै विद्यालय बालविवाहको समस्या रहेको पाइएको छ । खास गरी गरिबी, अशिक्षा, साथीभाइको देखासिकी, धार्मिक अन्धविश्वासका का रण बालविवाह हट्न सकेको छैन ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्