Logo

कानुनविपरीत खाद्य पदार्थमा क्वारेन्टाइन



काठमाडौं, मंसिर २३ । ऐनमा भएको व्यवस्थाविपरीत कृषि सामग्रीमा पनि क्वारेन्टाइन लगाइएको भन्दै कुखुरा व्यवसायीले संसदीय समितिमा गुनासो गरेका छन्। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कुखुरा व्यवसायीको गुनासो आएपछि अनुसन्धान गर्ने भएको छ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ मा भएको व्यवस्थाविपरीत अजैविक वस्तुमा पनि क्वारेन्टाइन लाग्ने व्यवस्था गरेर पशु विभागले पत्रचार गरेको विषयमा समितिले आइतबार नेपाल पोल्ट्री महासंघका पदाधिकारीसँग छलफल गरेको छ।

विभागले २०७५ चैत २४ गते निर्णय गर्दै फिड सप्लिमेन्ट पनि पशु उत्पादन सामग्री भएकाले सोहीअनुसार आयात व्यवस्थापन गर्ने भन्ने पत्र भन्सार विभाग त्रिपुरेश्वरमा पठाएपछि कुखुरा व्यवसायीले आफूहरू मारमा परेको बताएका छन्।

नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले कानुनको अपव्याख्या गरी परिपत्र जारी गरी उद्योगी तथा व्यवसायीलाई दिइआएको झन्झट अन्त्य गरिदिन संसदीय समितिमा आग्रह गरे।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्