दाङ, मंसिर २४ । तुलसीपुर उपमहानगरपालिका–१६ जगदा गाउँसँगै रहेको झन्डै ३० बिघा ऐलानी जग्गामा उपमहानगरपालिकाले औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय ग¥यो। कार्यपालिकाको बैठकबाटै गरिएको निर्णय कार्यान्वयनका लागि ग्वार खोलाको बगर रहेको सो क्षेत्रमा दिनअघि उपमहानगरपालिकाको टोली पुग्यो। तर जग्गा हडपेर बसेका स्थानीयले उक्त जग्गा छोड्न मानेनन्।
स्थानीयद्वारा निर्मित केही टहराहरू मात्रै भएको सो जमिन स्थानीयले भागबन्डा गरेका छन्। उपमहानगरपालिकाका प्रतिनिधिले सो जमिन अवरोध गरेकाहरूलाई सोधे, ‘खोई त तपाईहरूको घर केही पनि देखिन्न, कसरी हाम्रो जग्गा भन्नुहुन्छ ?’ उपमहानगरपालिकाका प्रतिनिधिको त्यस्तो भनाइपछि जग्गा हडपेका स्थानीयले अहिले धमाधम घर निर्माण गरेर उपमहानगरपालिकालाई प्रमाण देखाइरहेका छन्।
स्थानीयले सुकुमबासीहरूको नाममा सरकारी जमिन कब्जा गरेको भए पनि उनीहरूमात्रै त्यो स्थानमा नभएर जग्गा खरिद गरेर बसेका अन्यत्र जग्गारजमिन भएका व्यक्तिहरूसमेत त्यहाँ भरिन थालेका छन्।खनागरिक दैनिकबाट