Logo

राष्ट्रियसभा सदस्य निर्वाचन बहुमतीय प्रणालीबाट



काठमाडौं, मंसिर २४ । आगामी फागुनदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको छ। रिक्त हुने १९ मध्ये १८ पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको हो।

‘फागुन २० गतेदेखि राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि सकिँदैछ। कानुनअनुसार रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। त्यसअनुसार माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा कुनै क्लस्टरको एकजना सदस्यको मात्रै निर्वाचन गर्नुपर्ने अवस्था आए सबैभन्दा बढी मत ल्याउने विजयी हुने व्यवस्था छ। सोहीअनुरूप अहिले रिक्त हुन लागेका पदहरू पनि हरेक क्लस्टरबाट एकएक पद रहेकाले बहुमतीय प्रणालीबाट निर्वाचन गर्नुपर्ने हुन्छ।’

राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ३ उपदफा २ मा ‘निर्वा्चित कुनै सदस्यको पद जुनसुकै कारणले रिक्त भई उपनिर्वाचन हुँदा वा संविधानको धारा ८६ को उपधारा ३ बमोजिम कायम भएको पदावधि समाप्त भई कुनै समूहको एकजना सदस्यका लागि मात्र निर्वाचन गर्नुपर्ने अवस्था आएमा जुन समूह र तरिकाबाट निर्वा्चित भएको हो सोही समूह र तरिकाबाट मतदाताले दिने एक मतका आधारमा सबैभन्दा बढी मत ल्याउने एकजना निर्वा्चित हुनेछ’ भन्ने व्यवस्था रहेको नागरिक दैनिकले खवर छापेको छ ।फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्