काठमाडौं, पुस २ । जनकपुर उच्च अदालतको न्यायधीस शकुन्तला धिमिरेका अगंरक्षक प्रहरी जवान रञ्जितता केवटरको पेस्तोल लिएर उनका प्रेमी सिवेन्द्र यादव फरार भएका छन् ।
पेस्तोल लिएर यादव फरार रहेपछि प्रहरी जवानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ । पेस्तोलमा सात राउन्ड गोली लोड गरिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार केवटका प्रेमी सोमबार उनको कोठामा आएका थिए । त्यो साँझ साढे सात बजे यादव केवटको पेस्तोल लिएर हिडेका थिए । अन्नपूर्ण पोस्टबाट