Logo

देउवा–पौडेल मिलाउन गच्छदारको दौडधुप



काठमाडौं, ३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद मिलाउन उपसभापति विजयकुमार गच्छदार सक्रिय भएका छन् । पछिल्लो समय केन्द्रिय कार्यसमितिको बैठक नै बहिष्कार गरेको पौडेल समूहलाई जसरीपनि सहमतिमा ल्याउनेगरि गच्छदारले पहल गरेका छन् ।

आजमात्रै उनले बरिष्ठ नेता पौडेललाई भेटेका छन् । पौडेलको निवास पुगेर उनले विवाद मिलाउनको लागि आग्रह गरेका थिए । सभापति देउवाकै पहलमा उनले पौडेलले भेटेको बुझिएको छ । तर, उनले आफूले नेता पौडेललाई भेटेलगत्तै सभापति देउवालाई पनि भेट्ने र विवाद समाधानको लागि पहल गर्ने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा महाधिवेशनको एजेण्डलाई पहिलो कार्यसूचिमा नराखेको भन्दै पौडेल समूहले असन्तुष्टि पोख्दै बैठक बहिष्कार गर्दै आएको छ । पौडेल समूहले पार्टीको १४औं महाधिवेशन आगमी २०७७ को मंसिरभित्रै गर्नेगरि कार्यतालिका ल्याउन सुझाव दिएको छ । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्