काठमाण्डौ । काठमाडौँ महानगरपालिका वडा नं. ४ ले आयोजना गर्दै आईरहेको अभियान जनतासँग जनप्रतिनिधि आज विशाल मिलन केन्द्रमा ७ औं कार्यक्रम गरी सम्पन्न भएको छ ।
जनताका साझा समस्या समाधानको प्रयासमा काठमाडौँ महानगरपालिका वडा नं. ४ ले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिरहेको छ । टोलबासीका समस्या समाधानमा काठमाडौँ क्षेत्र नं. ५ (१) का प्रदेशसभा सदस्य नारायण सिलवाल र सीता अधिकारी (दाहाल) सक्रिया रुपमा लागेका छन् ।
निर्वाचित भएपछि नेताहरु जनतासामु आउन हिचकिचाउने गरिरहेको अवस्थामा काठमाडौँ क्षेत्र नं. ५ का प्रदेश सांसद सिलवाल र अधिकारी भने आफ्नो निर्वाचन क्षेत्रका हरेक टोलटोलमा पुगी समस्याको समाधानका लागि जनस्तरबाटै सुझाव संकलन तथा योजना प्रस्तुत गर्दै आईरहेका छन् ।
जनताको समस्या बुझ्ने क्रममा चक्रपथ सडक विस्तार परियोजना र मेलम्ची खानेपानी परियोजनाले परेको असर र कामको ढिलासुस्ती बारेमा आफूले गम्भीर रुपमा लिएको सांसद सिलवालले बताउनुभयो । मन्त्रालय, सडक विभाग, प्रोजेक्ट कार्यालय र निर्माण व्यवसायीहरुसंग पटक–पटक छलफल तथा परार्मा भईरहेको जानकारी दिए । उनले २ वर्षभित्र काम सम्पन्न हुने गरी चक्रपथ विस्तारको काम अगाडी बढाउने उल्लेख गरे ।
प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौँ नं. ४ धोविखोला कोरिडोर स्थित सार्वजनिक जग्गामा पार्क निर्माण गर्न रु. ५० लाख, चुनदेवी मन्दिर परिसर स्तरोन्तीका लागि रु. २५ लाख, चण्डोल स्थित बंशीधार श्रीकृष्ण मन्दिर सबलीकरणका लागि रु. १५ लाख र का.म.पा. २, ४, ५ भित्र हरियाली प्रर्वद्धन गर्न रु. २३ लाख ८० हजारको योजनाहरुमा बजेट स्वीकृत भएको जानकारी दिए ।
त्यस्तै कार्यक्रममा प्रदेश सांसद सीता अधिकारी (दाहाल)ले स्थानीय जनताहरुसँग सल्लाह लिएर योजनाहरु सफल पार्न आफु तयार रहेको बताइन् । झण्डै २ दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आएको हुदाँ जनताको भावना बुझेर काम गर्न वडालाई सुझाव दिइन् ।
वडा अध्यक्ष मोहन विष्ट पनि आफ्नो अभियानले सकारात्मक शन्देश प्रवाह भईरहेको बताउँदै वडा नंं ४ लाई नमूना वडाको रुपमा लैजाने बताए । साथै आफ्नो वडालाई हरियाली पार्क हबको रुपमा रुपान्तरण गर्दै लैजाने विश्वास दिलाएका छन् ।
स्थानीय स्तरबाट प्राविधिक शिक्षामा जोड दिन, बजारमूल्या एक रुपता हुनुपर्ने, सन्तुलित वातावरण निर्माणमा जनस्तरमा वडाले योजना ल्याउनुपर्ने लगायत समस्याहरु राखेका थिए ।