Logo

महाभियोग खेप्ने ट्रम्प तेस्रो राष्ट्रपति



वासिङ्टन डिसी, पुस ४ । अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड जे ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव संसद्को तल्लो सदनमा बहुमतबाट पारित भएको छ। डेमोक्र्या्टिक पार्टीको बहुमत रहेको हाउस अफ रेप्रिजेन्टिेटिभले महाभियोग प्रस्ताव पारित गरेको हो। प्रस्ताव माथिल्लो सदन सिनेटमा प्रस्तुत हुन बाँकी छ। सिनेटबाट पनि पारित भएमा ट्रम्प कार्यकाल नसकिँदै राष्ट्रपति पदबाट बिदा हुनेछन्।

सिनेटमा रिपब्लिकनले साथ दिएमा उनी महाभियोगबाट बच्नेछन्। रिपब्लिकन सांसदहरूले भनेका छन्, ‘महाभियोग तुच्छ काम हो।’ सिनेटमा रिपब्लिकनको बहुमत छ। त्यसैले महाभियोग प्रस्ताव पारित हुने सम्भावना न्यून छ। तल्लो सदनको निर्णयपछि ह्वाइट हाउसले वक्तव्य जारी गर्दै सिनेटमा हुने सुनुवाइले राष्ट्रपति निर्दोष साबित हुने दाबी गरेको छ।

तल्लो सदनमा महाभियोग खेप्ने ट्रम्प तेस्रा राष्ट्रपति हुन्। अमेरिकी तल्लो सदनमा यसअघि सन् १८६८ मा एन्ड्र्यु जोन्सनविरुद्ध र सन् १९९९ मा बिल क्लिन्टनविरुद्ध मतदान भएको थियो। दुवै पटक सिनेटले प्रस्ताव अस्वीकृत गरेको थियो। राष्ट्रपति रिचर्ड निक्सनविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाइए पनि उनले मतदानपूर्व नै पदबाट राजीनामा दिएका थिए।

राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेर आफ्ना राजनीतिक प्रतिस्पर्धी जोय वार्डडेनमाथि अनुसन्धानका लागि युक्रेनलाई दबाब दिएको तथा अमेरिकी सुरक्षा सहायता र ह्वाइट हाउसको बैठक रोकेको आरोप छ। यस्तै अनुसन्धानमा बाधा पु¥याएको र उपस्थितिका लागि दिइएको सूचना अवज्ञा गरेको आरोप पनि उनीमाथि छ। महाभियोग लगाउनुपर्ने दुई आरोपमा बुधबार दिनभर छलफलपछि मतदान भएको थियो। अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्