काठमाडौं, पुर ४ । नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित सल्लाधारी सैनिक महाविद्यालयमा काण्डैकाण्ड घटेका छन् । यसअधि पनि वारम्बार विवादमा आइरहने महाविद्यालय पछिल्लो समय यौनदुव्र्यवाहारदेखि रासन घोटलासम्म जोडिएको छ ।
कहिले जिँउदै कुकुर पुरेको काण्ड त कहिले बाख्रीको मासु काण्ड त कहिले दुधका पाकेट चोरी काण्ड यस्तै यस्तै काण्डैकाण्डले विवादमा परिहेको महाविद्यालयमा पछिल्लो समय प्रिन्सिपलमाथी नै यौनदुव्र्यवहारको काण्ड लाग्नुले अभिवभावकहरु छोरी बचाउ आन्दोलन गर्नुपर्ने हो कि भन्न थालेका छन् । यौनदुव्यवहारको काण्डका कारण संसद्का सभामुख कृष्ण बहादुर महरा यतिबेला डिल्लीबजार कारागारमा कैदीजीवन विताई रहेका छन् ।
यौनदुव्र्यवहारकै कारण चतराधामका सिद्वबाबा भनिने कृष्णदास गिरीविरुद्व सुनसरी प्रहरीले तीन पटकसम्म म्याद थपगरी अनुसन्धान गरिरहेको छ । उनी अहिले पनि नक्कली बिरमीका नाममा अस्पतालको शैयामा बसिरहेका छन् ।
त्यसैगरी महिलामाथी यौन दुव्र्यवहार गरेकै कारण उजुरी परेपछि गृहमन्त्रालयले नेपाल प्रहरीका वहालवाला एसएसपी हाल संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत सौरभ राणाविरुद्व छानविन गर्नुभनि प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ । उनीविरुद्व पनि छानविन भईरहेको छ ।
यसरी यौनदुव्यवहारका घटनामा समाजका प्रतिष्ठित व्यक्ति जोडिनुले पनि समाज कतातिर जाँदै छ भन्ने प्रष्ट देखिन्छ । महाविद्यालयमा प्रन्सिपल सुरेन्द्र पनेरु यही काण्डबाट हट्न बाध्य भएका छन् । उनलाई सेनालाई जोगाउन खोजको थियो तर विद्यार्थीहरु र महाविद्यालय मा पढाउने शिक्षक शिक्षिकाहरुको विरोधका बावजुद सेनाको नेतृत्वतह उनलाई हटाउन बाध्य हुनुप¥यो ।
२०७४ सालको नयाँ शैशिक सत्रबाट सैनिक महाविद्यालयको प्रिन्सिपलमा नियुक्त भएका उनी अन्ततः सैनिक नेतृत्वले जोगाउन खोजपनि हट्न बाध्य हुनुप¥यो । पनेरु आउनुअधि महाविद्यालयको प्रिन्सपलमा अमिम अनवर थिए ।
त्यसो त तत्कालिन कार्यरथी शेखरसिंह बस्नेत जो महाविद्यालयको प्रिन्सपल नियुक्ती कमिटिको संयोजक थिए । स्रोतका अनुसार तत्कालिन प्रधान सेनापती राजेन्द्र क्षेत्री र बलाध्यक्ष रथीसमेत रहेको हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरेन्द्र पनेरुलाई प्रन्सिपलमा नियुक्त गर्न दबाब दिएका थिए । जनप्रहारबाट