काठमाडौं, ४ पौष । सिने स्टार अर्वाड २०२० को लागि मनोनयन सार्वजनिक गरिएको छ । क्यानाडाको टोन्रन्टोमा हुन गइरहेको सिने अवार्डको मनोनयन प्रमाणपत्र राजधानीमा आयोजित एक कार्यक्रममा वितरण गरिएको हो ।
उत्कुष्ट फिल्मको पतिस्पर्धामा ‘छक्का पञ्जा ३’, ‘बुलबुल’ र ‘प्रसाद’ परेका छन् । उत्कुष्ट अभिनेता तर्फ ‘प्रसाद’ बाट विपिन कार्की, ‘यात्रा’बाट सलिनमान बानियाँ र ‘ए मेरो हजुर’बाट अनमोल केसी वीच प्रतिस्पर्धामा रहेको छ । अभिनेत्रीतर्फ ‘बुलबुल’ बाट स्वस्तिमा खड्का, ‘प्रसाद’ बाट नम्रता श्रेष्ठ र ‘रोमीयो एण्ड मुना’ बाट सृष्टि श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
उत्कृष्ट पटकथा तर्फ ‘बुलबुल’बाट विनोद पौडेल, ‘छक्का पञ्जा ३’बाट दिपकराज गिरी र ‘प्रसाद’बाट सुशिल पौडेल मनोनयनमा परेका छन् । सह–अभिनेतामा ‘ए मेरो हजुर’बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३’बाट केदार घिमिरे र ‘जय भोले’ बाट सौगात मल्ल उत्कृष्टमा परेका छन् ।
सह–अभिनेत्रीतर्फ ‘नाइँ नभन्नु ल ५’बाट प्रियंका कार्की, ‘गोपी’बाट सुरक्षा पन्त र ‘बुलबुल’बाट लक्ष्मी बर्देवा प्रतिस्पर्धामा छन् ।
आउने फेब्रुअरी २२ मा टोरन्टोमा हुने अर्वाड समारोहमा १२ विधामा अवार्ड वितरण गरिने आयोजकले बताएको छ । लाइफटाइम एचिभमेन्ट अर्वाड र जुरी अर्वाड क्रमश निर्णायक र आयोजकले प्रदान गर्ने जनाएको छ ।
लायन्स क्लब टोरेन्टो क्यानाडा र सिने मल्टिभिजन क्यानडाको सहकार्यमा हिल्सा इन्टरटेनमेन्ट प्रा.लि. नेपालको मुख्य आयोजक हुनेछ ।