Logo

सडक किनाराका बिरुवा हुर्काउनै गाह्रो



काठमाडौँ, ६ पुस। सहरको हरियाली प्रवद्र्धनका लागि काठमाडौँका सडकको दायाँबायाँ किनारामा रोपिएका बिरुवा हुर्काउनै कठिन भएको छ । बिरुवा रोप्ने तर संरक्षणका लागि जिम्मेवारीबोध कसैमा नहुँदा हरियाली प्रवद्र्धनको प्रयास आशातीत सफलता हासिल हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाले वन मन्त्रालय र नेपाली सेनासँगको सहकार्यमा त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म रोपिएका बिरुवा अहिले धेरै मरेका, केही भा९ँचिएका तथा उखेलिएको अवस्थामा छन् । सैनिक मुख्यालय वरिपरि संरक्षण गरिएका बिरुवा भने हुर्कंदै छन् । यसपटक गरिएको वृक्षरोपण संरक्षणको जिम्मेवारी नेपाली सेनाले लिएको छ भने बिरुवा वन मन्त्रालयमार्फत ल्याएर महानगरपालिकाले वृक्षरोपण गरेको महानगरपालिका वातावरण विभागका प्रशासन प्रमुख सरस्वती पोखरेल भट्टराईले जानकारी दिए। सडकको दायाँबायाँ रुख बिरुवा हुर्किंदा यसको प्रत्यक्ष फाइदा सबैलाई पुग्ने हो, हेर्दा हरियाली, रुख बिरुवाले दिने अक्सिजनको लाभ सबैले उठाउन सकिन्छ तर त्यसको महìव नबुझ्दा बाटो हिँड्ने बटुवाले भाँचिदिने, व्यापारीले आफ्नो पसल अगाडिको बोर्ड छेकिने डरले बिरुवा नै नष्ट गर्ने प्रवृत्ति बढेको छ । यसै वर्ष रोपिएका कान्तिपथको सडक दायाँबायाँ किनारमा रोपिएका अधिकांश बिरुवा नष्ट भएका छन् । सहरी हरियाली बढाउन महानगरपालिकाले आकर्षक ठूला गमलामा केही वर्ष अगाडि रोपेका अधिकांश बिरुवा मरेका छन् । कति गमलाको त नामोनिशानसमेत छैन । पैदलयात्री सुमनराजले बताए, “यसै वर्ष रोपिएका बिरुवा पनि आधा नै ठुटा देखिन्छन् । रोपेर मात्र हुँदैन, संरक्षण पनि गर्नुप¥यो ।”

रत्नपार्कका जुत्ता व्यवसायीको भनाइ पनि उस्तै छ, बिरुवा रोप्ने तर त्यसको संरक्षण गर्ने कोही छैन, अनि कसरी बिरुवा हुर्कन्छ, वातावरणविद् भूषण तुलाधरका अनुसार सडक किनारका बिरुवा हुर्काउन कठिन हुुनुमा साँघुरो फुटपाथमा पनि बिरुवा रोप्ने प्रवृत्तिले पनि हो । फुटपाथ सानो छ, काठमाडौँमा मानिसको चाप धेरै छ । त्यसमाथि साना–मसिना बिरुवा ट्री गार्डबिनाको त्यसैले भाँचिएको हो । तुलाधर भन्नुहुन्छ, “बिरुवा रोप्नु राम्रो हो तर हुर्कने सम्भावना नभएको स्थानमा रोप्न भएन । बिरुवा होइन, नर्सरीमा हुर्केका ठूलै रुखजस्ता रोप्दा हुर्काउन सकिएला । उपत्यकाका सडक वरपर वृक्षरोपण गर्दा रैथाने बिरुवा छनोट गर्नु उपयुक्त होला । रोपेपछि हुर्काउने योजना पनि सँगसँगै बनाउनुपर्छ ।” बिरुवालाई कम्पोष्ट मल, राम्रो माटो र पानीको व्यवस्था हुनुप¥यो । बिरुवा रोपेर मात्र छोड्दाको परिणाम हो यो । त्यसो हुन नदिन सरोकारवाला संस्था तथा निकायले निश्चित योजनासहितको काम गर्नुपर्छ । जमलमा विगत २० वर्षदेखि कपडा पसल गर्दै आउनुभएका रामवीर श्रेष्ठका अनुसार सडक
वरपर रोपिएका बिरुवा हुर्कन नसक्नुमा सर्वसाधारण गैरजिम्मेवार देखिएका छन् भने वृक्षरोपण सँगसँगै ट्री गार्ड राख्ने, ठूलो बिरुवा रोप्ने, पानी हाल्ने, हेरचाह गर्ने संयन्त्र नभएकाले बिरुवा हुर्काउन गाह्रो भएको हो । उनले वृक्षरोपण गरेर मात्र भएन, त्यस वरपर बस्ने वा व्यवसाय गर्नेलाई जिम्मेवार बनाउने र बिरुवा हुर्काउन पनि राम्रो संयन्त्र बनाउनुपर्ने सुझाव दिए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्