काठमाडौं, पुस ६ ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आउँदो ६ महिनासम्म करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुरुप स्थानीय तहसँग आयोजना माग गरिएकामा त्यसको संकलनको काम पूरा भइसकेको छ ।
मन्त्रालयका प्र्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने उपसचिव डा लोकनाथ भुसालको अनुसार त्यस्ता माग भई आएका आयोजना कार्यान्वयन गरी सय दिने रोजगारी प्रदान गर्न आवश्यक रकम पठाउने तयारी भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।