काठमाडौं, ८ पुष । उपप्रधान एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सरकारसँग भएको दुई बुँदे सहमति कार्यान्वयनमा सरकार उदास रहेकोले नैतिकताको आधारमा सरकारबाट राजीनामा दिएको यादवको निश्कर्ष छ ।
यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्। समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्।
यादव र राईले मन्त्रीबाट राजीनामा दिनुअघि आजै बिहान बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम