काठमाडौं, ८ पौष । बिमल घर्तीमगरसहित चारजना नेपाली फुटबल खेलाडीमाथिको कारबाही घटेको छ । चारैजना खेलाडीलाई एन्फाको अनुशासन समितिले एक महिना अवधि घटाएको हो ।
यसअघि विमल घर्तीमगर र दिनेश राजवंशीलाई ९० दिन तथा सन्तोष तामाङ र अन्जन बिष्टलाई ४५ दिनका लागि निलम्बन गरिएको थियो । अनुशासन समितिमा अपिल गरेपछि उनीहरुमाथिको कारबाही घटाइएको हो । कारबाही अवधि घटाइएपछि चारैजना खेलाडीले राष्ट्रिय लिग खेल्न पाउने भएका छन् । लिग अहिले जारी छ ।
कुवेतसँग भुटानमा खेल्न जानुअघि चारैजना खेलाडी रात्रीक्लबमा पुगेपछि कारबाहीमा परेका थिए ।