Logo

पिल्लरमुनिबाट निकालिए दर्जन रूखका मुढा



उदयपुर, पुस ९ । दशकयता निर्माणाधीन उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीको पक्की मोटरेबल पुल यस वर्ष बन्ने भएको छ। २०७० असार २२ भित्र बनाइसक्ने गरी २०६७ असार २३ गते सम्झौता भएको सो पुलको काम गत असारसम्म १३ मध्ये १० स्पानको स्ट्रक्चर मात्र बनेको छ।

सुरु चरणमै पिल्लर गाड्न जमिन खन्दा रूखका मुढा भेटिएपछि बाँकी स्ट्रक्चरको काम रोकिएको थियो। सोमबार जमिनमुनि भेटिएका सानाठूला ८र१० वटा मुढा निकालेपछि अब काम फटाफट हुने चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए।

मुढा निकाल्दा प्रतिनिधिसभा सदस्य डा नारायण खड्का र उपप्रमुख रीताकुमारी चौधरीलगायत जनप्रतिनिधि पनि सँगै थिए। उनीहरूकै सामु मुढा निकालेपछि निर्माण कम्पनीले काम ढिला गर्नुको कारण पत्ता लागेको ठहर गरेको छ। ‘पुलको काम छिटो गर्न आग्रह गर्दा निर्माण कम्पनीले जहिल्यै जमिनमुनि काठ भेटिएको भन्थ्यो,’ मेयर राईले भने, ‘ढाँटेको होला भनेको त होइन रहेछ, आप्mनै सामु मुढा निकालेको देखेपछि काम ढिलो हुनुको कारण थाहा भयो।’

३ वर्षभित्र सकेर सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको पुल ४ पटक म्याद थप्दासमेत निर्माण सम्पन्न नभएपछि नगरपालिका र स्थानीय हैरान दिए। सोमबार पुलको पिल्लर गाड्न खाल्डो खन्दा भेटिएका विभिन्न आकारका झन्डै दर्जन मुढा निकालेपछि पुल यसै वर्ष बनिसक्ने गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरले जनाएको छ।

निर्माण कम्पनीले क्रेन र अन्य उपकरणको सहायताले २५ फिटमुनि भेटिएका मुढा निकालेपछि अब बाँकी पिल्लर गाड्न सहज हुने आयोजना प्रमुख डिई पशुपति ज्ञवालीले बताए। ‘मुढा भेटिएर काम ढिला भएको रहेछ,’ उनले भने, ‘अब आगामाी २०७७ वैशाखभित्र सक्नेगरी पुलको काम गर्न कडाइका साथ काम गर्नुपर्छ।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्