Logo

कांग्रेस-राप्रपासँग सहकार्य हुन्छ : भट्टराई



काठमाडौं, ९ पुष । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपासँग मुद्दा र विचारका आधारमा सहकार्य हुने स्पष्ट पारेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य हुने बताउँदै भने,‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ ।’

समसामयिक राजनीतिक सन्दर्भमा समाजवादी पार्टीको पत्रकार सम्मेलन । ९ पुस २०७६ ।

Posted by Janata Samajwadi Party, Nepal on Wednesday, December 25, 2019

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्