Logo

आइजीपी खनाललाई अमेरिकापछि चीन जान रोक



काठमाडौं, १० पौष । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालको चीन भ्रमण रोकिएको छ । २१ पौषमा चीन जाने तय भएपनि सरकारले भ्रमण स्वीकृती दिएन ।

आइजीपी खनाल गृहमन्त्री रामबहादुर थापा बादलको साथमा एक हप्ते चीन भ्रमणमा जाने तय भएको थियो । तर, सरकारले भ्रमणको अनुमति दिएन । यसअघि अमेरिका भ्रमणमा जान क्याबिनेटमा प्रस्ताव लाँदा पनि अस्वीकृत भएको थियो । इन्टरपोलको महासभामा सहभागी हुन चिली जान भने स्वीकृति दिइएको थियो ।

यसअघि खनाल थाइल्यान्डमा भएको एक सुरक्षा समिति बैठकमा जाँदा विवादमा परेका थिए । उनको भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँगको भेटले तरंग ल्याएको थियो । उनले अमेरिका र चीन भ्रमणमा जाँदा समेत महत्वपूर्ण भेट गर्ने बुझेपछि सरकारमा रहेको एउटा समूहले भ्रमण रोक्न लगाएको बुझिएको छ ।

पछिल्लो समय चिनियाँ संगठित आपराधिक समुहका सदस्यहरु एकैपटक पक्राउ गरेपछि खनाललाई चिनियाँ पक्षले धन्यवाद दिएको छ । यस घटनापछि हुनलागेको चीन भ्रमणको अनुमति नपाउनुलाई अर्थपूर्ण मानिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्