Logo

स्थानीयले लगाए गाउँपालिकामा ताला



बझाङ, पुस १४ । बझाङको सुर्मा गाँउपालिकाको कार्यकारी अधिकृत बस्ने कोठामा स्थानीयले ताला लगाएका छन् । गाउँपालिका तथा वडा कार्यालयमा नियमित सञ्चालन हुनुपर्ने, नियमित रूपमा कर्मचारीले सेवा प्रवाह गर्नुपर्ने र गाउँपालिकाभित्रका सडकहरूको स्तरोन्ति गर्नुपर्ने माग राखी स्थानीले गाउँपालिकाको कार्यकारी अधिकृतको कोठामा ताला लगाएका हुन् ।

उनीहरूले संघर्ष समिति नै गठन गरेर ताला लगाएका हुन् । स्थानीय तह गठन भएको तीन वर्ष वित्न लाग्दा समेत अहिलेसम्म गाउँपालिकादेखि वडा कार्यालयसम्म नियमित सञ्चालन हुन सकेका छैनन् । नियमित कार्यालय सञ्चालन हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । वडा अध्यक्षदेखि गाँउपालिकाका अध्यक्ष तथा जनप्रतिनिधि र कर्मचारीलाई खोज्दै सेवाग्राहीहरू सदरमुकाम चैनपुर पुग्नु पर्ने बाध्यता भएका कारण आफूहरूले सोविरुद्ध लागि परेको दाबी स्थानीयको छ । गाउँपालिकाका कार्यकारी अधिकृत चक्रप्रसाद जोशीले स्थानीयले चार बुँदे माग राखी आफ्नो कार्यकक्षमा ताला लगाएको स्वीकार गरे । यसले कार्यालयको कामकारबाही ठप्प भएको छ । दुवै पक्ष मिलेर केही दिनमै समस्याको निकास खोज्ने उनले बताए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्