पुष १४, काठमाण्डौ । भ्रष्टाचार, बेथिति र काण्डैकाण्डैले देश थलापरेको छ । महंगी बढेको छ । जनतामा बेचैनी छ । तर मुलुक हाक्ने सत्तासीन दल नेकपा आफैंभित्रको समस्यामा रुमलिएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसलाई पनि पार्टी विवादले कहिल्यै छोडेको छैन । जसको कारण विकास, सुशासन र जनजिविकाका मुद्दा ओझेलमा परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यले अपेक्षित साथ दिएको छैन । सरकार सञ्चालन गरिरहेको दलपछि अर्को विवादमा रुमलिएको छ । पछिल्ला शृंखलाका एमसिसि सहयोग संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्र दुई धार देखिएको छ । त्यसै पनि कम्युनस्टि दलहरुभित्र भारत र अमेरिकासँग जोडिएको विवादले लामो समयसम्म असर पार्नेगरेका छन् । विगतमा महाकाली सन्धिकै सवालमा तत्कालीन एमाले विभाजित नै भएको थियो । बाहिरबाट हेर्दा सामान्य रहेको यो विवाद असामान्य जस्तै बन्दैगएको छ ।
यसबाहेक सभामुखमा कसलाई लैजाने भन्ने विषयमा पनि एकमत हुन सकेको छैन । यो दुवटै विषयमा नेकपा अनिर्णयको बन्दी बनेको छ । जसले गर्दा न एमसिसि टुङगो लागेको छ न सभामुख । यो विवादको कारण नेकपा हुँदै अहिले सरकारको काम कारबाहिमा पनि असर पुगेको छ । एमसीसी विवादले त नेकपा फुट्नसमेत सक्ने नेकपा मालेका महासचिव सिपी मैनाली बताउँछन् ।
कागं्रेसको त झनै ठूलो बेमेलबीच गुग्रिरहेको छ । सभापति शेरबहार देउवा र वरिष्ठ नेता रामचन्द« पौडेलबीचको झगडा बढ्दो छ । सभापति देउवाले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तय गरेका छन् । केन्द्रीय समितिको बहुमतबाट गरिएको निर्णय पौडेल समूहले स्वीकार नगर्ने जनाएको छ । आगामी महाधिवेशनको नेतृत्व कसरी हत्याउने भन्ने दाउमा दुवै समूह देखिएका छन् । मुलुक अप्ठेरोमा रहेको बेला पनि आपसी कलहले कांग्रेसले राष्ट्रिय राजनीतिमा दर्बिलो उपस्थिति जनाउन नसकेको वरिष्ठ पत्रकार हरिहर विरहि बताउँछन् ।
बहुमतको सरकार भनियो । स्थीर सरकार भनियो । जनताले नेकपालाई त्यस्तै जनमत पनि दिए । तर सरकारले अल्पमतको वा कमजोर सरकार भन्दा भिन्न छनक दिन सकेको छैन । यस्तो मैदानमा पनि प्रतिपक्षले सरकारको पोष्टमा सशक्त प्रहार गर्न सकेको छैन । दुवै दल आन्तरिक मुद्दामै रुमलिँदा जनताले भने आहात महसुस गर्न थालेका छन् ।