Logo

सार्वजनिक जग्गा अतिक्रमण हटाउन प्रशासन सक्रिय



काठमाडौं,पुस १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घर–टहरा भत्काउन सक्रियता देखाएको छ। दुई सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गरेको छानबिन गरी संरचना हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यदल नै गठन गरेको प्रक्रिया अघि बढाएको हो।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं जिल्लाका विभिन्न ठाउँमा सरकारी÷सार्वजनिक जग्गा अतिक्रमण गरेर घर–टहरा निर्माण गरिएको विषयमा छानबिन भइरहेको बताए। छानबिन गरेर अतिक्रमणमा परेका सार्वजनिक जग्गा खाली गराउने उनको दाबी छ।

दाहालका अनुसार चाबहिल, गोंगबु, सामाखुसी, सतुंगल, बल्खु, चपली, बुढानीलकण्ठ, महाराजगन्ज, कमलपोखरी, कलंकी, स्वम्भु, सीतापाइला, टोखा, शंखरापुरा, बालाजु, डल्लु, धापासी, गोकर्णेश्वर, मूलपानी, कागेश्वरी–मनोहरा, नागार्जुनलगायतका करिब ४० स्थानमा दुई सय रोपनीभन्दा बढी जग्गा व्यक्ति तथा संस्थाले अतिक्रमण गरेर घर–टहरा निर्माण गरेको पाइएको छ। ती स्थानमा सार्वजनिकरसरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन स्थानीय तह र विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग समन्वय गरेर संरचना हटाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्