काठमाडौं, १६ पौष । राष्ट्रियसभा सांसद रामनारायण बिडारीले सिआइए र रअका एजेन्टहरुलाई कारबाही गर्न नेपाल विशेष सेवा विधयेक ल्याइएको बताएका छन् । उनले विधयेकले एजेन्टहरुलाई मात्र असर पर्ने बताए ।
राष्ट्रियसभामा पेश भएको विधयेकमाथि बुधबार छलफलका क्रममा उनले देशको आन्तरिक मामलामा गोप्य सूचना चुहाउने विदेशी खुफिया एजेन्सीका एजेन्टहरुको खोजी गरी कारबाही गर्न विधयेक ल्याएको बताएका हुन् । ‘अमेरिकाको सिआइए कुन कानुनले चल्छ ? नेपाल आएर काम गरिरहेका छन् र तिनका तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन् । त्यो नेपालले थाहा पाउनुपर्यो कि परेन ? टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नु पर्यो कि परेन ?,’बिडारीले भने ।
प्रेमी प्रेमिकाको कुरा ट्याप गर्छ भनेर वाहियात कुरा गरेको भन्दै विदेशी एजेन्टहरुको कुरा सुन्ने बताए । नेपालमा रअले हैरान पारेकाले यस्तो विधयेक ल्याइएको तर्क गरे । सीआइए अमेरिकी खुफिया एजेन्सी हो भने रअ भारतीय खुफिया एजेन्सी हो ।-File Photo