काठमाडौं, १८ पौष । एसपी दानबहादुर मल्लले चितवन छाडेका छन् । उनले शुक्रबार प्रहरी प्रमुखको चार्ज डिएसपीलाई बुझाएका छन् ।
प्रहरी प्रधान कार्यालयले आठ महिनामै मल्लको सरुवा गरेपछि असन्तुष्ट भएका थिए । नेकपा अध्यक्ष प्रचण्डका पूर्व बडिगार्ड मल्ल चितवन बसेको आठ महिनामै सरुवा गरिएपछि असन्तुष्ट भएका थिए । उनले सरुवा रोक्न निकै प्रयास गरेपनि सकेनन् ।
मल्ल सरुवा भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाजिर हुनेछन् । उनलाई प्रदेश ३ प्रहरी कार्यालयले पत्र लेखी १२ घन्टाभित्र तोकिएको ठाउँमा पुग्न भनेको थियो ।
चितवन प्रहरी प्रमुखका रुपमा एसपी गंगा पन्त जाने भएकी छिन् । प्रहरी प्रधान कार्यालयले उनलाई चितवन सरुवा गरेको हो ।