लन्डनमा छायांकन गरिएको चलचित्र ‘पासर्वड’ को एक आइटम गीतका लागी निर्माण पक्षले बलिउड अभिनेत्री सनी लियोनीलाई झन्डै दुई करोड पारिश्रमिक दियो । निकै महंगो यो चलचित्र बक्स अफिसमा असफल नै भयो । सनी राखेकै कारण चलचित्र हेर्न दर्शक आउने आशामा निर्माण पक्ष रहेपनि त्यो आशा निराशामा परिणत भयो ।
मिलन चाम्सले निर्देशन गर्ने भनिएको चलचित्र ‘ब्याचलर बन्टी’ का निर्माण पक्षले अभिनेता अनमोल केसीलाई ५० लाख रुपियाँ पारिश्रमीक दिएर अनुबन्धित गर्यो । त्यसका लागी साइनिङ एमाउन्टबापत उनलाई १० लाख रुपैयाँ दिइयो । भलै यो चलचित्र त बनेन नै, अभिनेता अनमोल र निर्देशक मिलन चाम्सले पनि कारण देखाएर चलचित्र छाडेका छन् ।
चलचित्रमा अनुबन्धित गराउन कलाकारलाई निर्माताले पारिश्रमीकको अनुपात कतिसम्म बढाउँछन् भन्ने सनी र अनमोललाई हेरे पुग्छ । एक समय नेपाली चलचित्रको लागत ६० लाख देखि ८० लाख सम्मको थियो । यो सख्या बढेर अहिले २ देखि ३ करोड सम्म पुगिसकेको छ । तर, औसत लगानीको अनुपात भने अधिकतम डेढ करोडसम्म छ ।
नेपाली चलचित्रले प्रविधि, कलाकार र लोकोसनमा नायँपन पाइसकेको छ । यहि नयाँपनले चलचित्र निर्माणको लागतको अनुपात पनि करोडकोे बाटोमा कुदिरहेको छ । नेपालमा वार्षिकरुपमा झन्डै सयको हाराहारीमा चलचित्र निर्माण हुने गरेका छन् । ५० लाख देखि २ करोडसम्मको निर्माणको लागत हिसाब गर्दा वाषर््िाक रुपमा चलचित्र झन्डै २ अर्बको लगानी भइरहेको छ । त्यसमा हिट औसत र फ्लप चलचित्रको आम्दानी हेर्दा १ अर्ब पनि नघाउँन सकेको छैनन् । धेरै चलचित्रलाई लगानीको त कुरा परै छाडौ, पोस्टर टाँसेबापत प्राविधिकलाई दिइने पारिश्रमिक बापतको पैसा पनि उठाउँन मुस्किल पर्ने पर्ने गरेको छ । यस्तो अवस्थामा पनि चलचित्र बनाउने लहड रोकिएको छैन् । यो लहडमा पुरानाभन्दा नयाँ अनुहार बढी सक्रिय छन् । साप्ताहिकबाट नेमिष गौतमको रिपोर्ट