Logo

‘सुडान प्रकरण’ का मुख्य नाइके शम्भु भारती रिहा



काठमाडौं, २० पौष । बहुचर्चित ‘सुडान प्रकरण’का मुख्य नाइके शम्भु भारती जेलबाट रिहा भएका छन् । राष्ट्रसंघीय मिसनमा सुडानमा खटिने प्रहरीको मिसनका लागि एपीएस खरिदमा भएको घोटालामा स्थानीय एजेन्ट भारती दोषी ठहर भई जेल परेपनि सर्वोच्च अदालतले थुनाबाहिर रहेर मुद्दा लड्न पाउने आदेशपछि आइतबार थुनामुक्त भएका हुन् ।

थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै भारतीले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका थिए । त्यसमा अदालतले उनको पक्षमा फैसला गरेको थियो ।

सुडान प्रकरणमा भारतीलाई सर्वोच्चले दोषी ठहर गरी एक वर्ष जेल सजाय र १४ करोड २० लाख बिगो भराउने फैसला सुनाएको थियो । विशेष अदालतमा २०६८ जेठ २४ मा भारतीमाथि मुद्दा दायर भएको थियो ।

सुडान प्रकरणमा आइजीपीहरु ओमविक्रम राणा, रमेश चन्द ठकुरीसहित प्रहरी अधिकृतहरु दोषी ठहरिएर जेल परेका थिए । ठकुरी आइजीपीबाट बर्खास्तीमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस्