Logo

क्षमता निर्धारण नहुँदा समस्या



काठमाडौं, पुस २३ । श्री एयरलान्सले करिब एक महिना अघि जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो। नियमित उडानको योजनाअनुसार दुवै विमानस्थलमा श्रीले क्यू ४०० नामका ८० सिट क्षमतका जहाजमार्फत सफल परीक्षण उडान त भयो तर अहिलेसम्म प्राधिकरणले यो वायुसेवालाई ती गन्तव्यमा उडान अनुमति दिएको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे र ट्याक्सी वेको क्षमता निर्धारण अर्थात् पेभिमेन्ट क्लासिफिकेसन नम्बर पीसीएन नदिएका कारण यी दुई विमानस्थलमा श्रीले उडान गर्न पाएको छैन। पीसीएन निर्धारणमा प्राधिकरणले गरेको ढिलाइकै कारण जनकपुर र सिमरामा श्रीले परीक्षण उडान गरेर पनि नियमित उडान गर्न पाएको छैन। श्रीका जहाजले उडान अनुमति पाउने अवस्था रहेको र छिट्टै अनुमति दिने भनाइ प्राधिकरणको भए पनि पीसीएन नम्बरकै बहानामा अनुमति रोकिएको उल्लेख छ।

‘प्राधिरणसँग पीसीएन परीक्षण गर्ने मेसिन छ तर दक्ष जनशक्ति छैन। प्राधिकरणकै कमजोरीले आन्तरिक विमानस्थलको पीसीएन निधारण हुन सकेको छैन’, स्रोतले भन्यो। जतिबेला आवश्यक पर्‍यो उति बेला खोजी हुने र समयमा नै काम नहुँदा जहाज कम्पनीले उडान गर्न चाहँदा पनि नपाएको उल्लेख छ।

काठमाडौं, पुस २३ । लोकसेवा आयोगले नायव सुब्बा वा सो सरहको पदको जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना निकालेको छ ।
आयोगले सम्बन्धित उम्मेदवारलाई माघ २८ भित्र दरखास्त दिन सूचित गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि पनि विज्ञापन आह्वान गरेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्