काठमाडौं, २३ पौष । ३९ वर्षिया अविवाहित अमेरिकी नागरिक ९ वर्ष देखि ११ वर्ष सम्मका तीन बालिका र केहि बालिकालाई यौन दुराचार र जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका निम्ती थुनामा परेका छन् । १२ वर्ष देखि ५६७४७२५३५ नम्बरको राहदानीमा निरन्तर नेपाल आउने–जाने गरेका ४० वर्षिय ज्यासन लोयड मुडीको किस्सा हो यो । उनी नेपाल आएको बेला सिनामंगल वरिपरिका होटलमा बस्ने गर्थे ।
उनले त्यहींका कवाडी संकलन गर्ने मधेसी समुदायका बालबच्चालाई होटेलका कोठामा बोलाउने र चकलेट खुवाउने गर्थे । त्यस क्रममा तीन बालिका मध्ये दुइटीलाई कोशिश गरेर एउटीलाई बलात्कार नै गरेको अभियोगमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइवी) ले मंसिर २२ गते सिनामंगल स्थित मेमोरियल गेष्ट हाउसको कोठा न. १०४ बाट उनलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको थियो । प्रहरीले उनको २७ दिनसंम्म अनुसन्धान गरेपछि गत साता अदालतमा पेश गर्यो । आइतबार र सोमबारको दुईदिने थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।-जनआस्था साप्ताहिकबाट