Logo

मन्त्री बाँस्कोटालाई गगनको चूनौति : विद्येयकबारे संसद कि माइतीघरमा बहस गर्ने ?



काठमाडौं, २४ पुष । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रता कुण्ठित हुने आरोप लगाएका छन् । बिहीबार माईतीघर मण्डलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले सरकारमिाथ यस्तो आरोप लगाएका हुन् ।

 उनले भने,‘यो विधेयकका शब्द–शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न म तयार छु । विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने?,’ यो विधेयकको धारा–धारामा, दफा(दफामा छलफल गर्न तयार छु। माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो। प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो? तयार छु। नपढी आयो भनेर हेप्नी हामीलाई?’

उनले संसद बैठक सुचारु हुने बित्तिकै विधेयक रोक्न पहल गर्ने पनि उद्घोष गरे । उनले भने,‘हामीलाई तागत दिनुहोस्। विद्यार्थी, विपक्षी दलका साथीहरू, पत्रकार र नागरिकहरू सडकमा आउनुहोस्।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्