भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसामा सत्तारुढ भारतीय जनता पार्टी सम्वद्ध अखिल भारतीय विद्यार्थी युनीयनमाथि आरोप लागिरहँदा वामपन्र्थी विद्यार्थी दोषी भएको निष्कर्षसहित दिल्ली प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छ ।
घटनामा घाइते भनिएकी विद्यार्थी युनीयनककी अध्यक्ष आइसे घोषसहित नौ विद्यार्थी संलग्न रहेको रिपोर्ट सार्वजनिक गरिएको हो । दिल्ली प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी घोषसहित चार वापन्थी विद्यार्थी संगठनमा आवद्धहरु संलग्न रहेको निष्कर्ष निकालेको हो ।
५ जनवरीमा भएको घटनामा संलग्न भएको भन्दै घोषसहित चुनचुन कुमार, पंकज मिश्र, वास्कर विजय, सुचेता तालुकराज, प्रिया रञ्जन, दोलन सावन्त, योगेन्द्र भारद्धाज र विकास पटेलको नाम सार्वजनिक गरेको हो । सबै विद्यार्थीहरु एसएफआई, एआइएसएफ, आइसा र डिएसएफसँग आवद्ध छन् । सबै विद्यार्थीहरु हिउँदे भर्नाको परिणामविरुद्ध उभिएर सक्रिय रहँदै आएका छन् ।-एजेन्सी