Logo

उपसभामुख तुम्बाहाम्फेले आजै राजीनामा दिँदै



काठमाडौं, २६ पुष । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आजै राजीनामा दिने भएकी छिन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेको छ । पार्टीले सभामुखमा उम्मेद्धवारी दिने निर्णय गरेपछि उनले आजै राजीनामा दिने भएकी हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्