Logo

महारानी एलिजावेथले स्वीकारिन् ह्यारी र मेगनको निर्णय



राजपरिवार सदस्य त्यागेर स्वतन्त्र जीवन जीउने बेलायती राजकुमार ह्यारी र मेगनको निर्णयलाई महारानी एलिजावेथले स्वीकारेकी छिन् । उनले दुवैप्रति पूरा सहयोगी बनिरहने समेत बताएकी छिन् ।

बेलायती राजदरबारमा राजपरिवारको बैठकपछि महारानी एलिथावेथले विज्ञप्तिमार्फत् आफू र आफ्नो परिवार ह्यारी र मेगनको चाहनाप्रति पूर्ण सहयोगी भएको उल्लेख गरेकी छिन् । उनीहरुको नयाँ जीवन बाँच्ने चाहनाको पनि सहयोगी हुने बताएकी छिन् । राजदरबारको बैठक निकै रचनात्मक भएको समेत उल्लेख छ ।

आफूहरुले ह्यारी र मेगनलाई राजपरिवारकै सदस्यका रुपमा रहने चाहना राखेपनि उनीहरुको चाहनाको समेत सम्मान गर्ने उल्लेख छ । परिवारको कतिपय जटिल विषय रहेको भन्दै अन्तिम निर्णय केही दिनमा मात्र आउने भनिएको छ ।

दरबारमा भएको बैठकमा ह्यारी र मेगनले पूर्ववत निर्णयमा अडान लिएका थिए । दुवैले स्वतन्त्र जीवन जिउने निर्णयबाट पछि नहट्ने जनाए । यसअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारको सदस्य नरहने र स्वतन्त्र जीवन जिउने निर्णय लिएका थिए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्