Logo

भारतीय नयाँ राजदुतमा विनयमोहन क्वात्रा



काठमाडौँ, १ माघ । नेपालका लागि भारतीय राजदुतमा विनयमोहन क्वात्रालाई भारत सरकारले सिफारिस गरेको जनाएको छ ।

यस अघिसम्म विनयमोहन क्वात्रा फ्रान्सका लागि राजदुत रहेका थिए । नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको कार्यकाल सकिएपछि उनी भारत फिर्ता भइसकेको अवस्था छ । फ्रान्समा कार्यरत क्वात्रालाई भारत सरकारले नेपालका लागि राजदुत पठाउन लागेको परराष्टमार्फत पत्रचार समेत गरिसकेको छ ।

भारत सरकारको प्रधानमन्त्री कार्यालयमा काम गरेको अनुभव साथै सुरक्षा सल्लाहकार कार्यालयमा काम गरिसकेका क्वात्रा विशेषगरी विदेशी मामिलाका जानकारको रूपमा पनि उनलाई लिने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्