कैलाली, १ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । कैलालीका गोपाल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
१५ वर्षीया किशोरीलाई घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।