काठमाडौं, ४ माघ । देशभर मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भएकाले सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज विहान बाक्लो हुस्सु लागेको छ । महाशाखाका अनुसार पूर्वी तराईमा पनि हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
आइतबारबाट मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार र शुक्रबार देशभर वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो । उच्च पहाडी र हिमाली भ्रभागमा हिमपातले जनजीवन कष्टकर बनेको थियो ।-Photo:MFD