Logo

चिनियाँ राष्ट्रपति सी चिनफिङ म्यानमार भ्रमणमा



४ माघ । चीनका राष्ट्रपति राजकीय सी भ्रमणकालागि म्यानमार प्रस्थान गरेका छन् । राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका लागि शुक्रबार म्यानमार पुगेका हुन् । म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी चिनफिङ शुक्रबार बेइजिङबाट म्यानमार पुगेका हुन् । सन् २००९ पछि चिनियाँ राष्ट्रपतिको सीको यो पहिलो औपचारिक भ्रमण हो ।

चिनिया राष्ट्रपतिसंगै अन्य नेता पनि भ्रमण टोलीमा सहभागी भएका छन् । भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीअन्तर्गतको राजनीतिक विभागका सदस्य, केन्द्रीय कमिटीको सचिवालय सदस्य तथा महासचिवको कार्यालयका निर्देशक, केन्द्रीय कमिटीअन्तर्गतको विदेश मामिला कार्यालयका निर्देशक तथा विदेशमन्त्री, राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका प्रमुखहरुसमेत सहभागी भएका छन् ।

चिनियाँ उच्चस्तरीय टोलीले शुक्रबार र शनिबार म्यानमारको औपचारिक भ्रमण गर्न लागेको अधिकारीले जनाएका छन् । चीनका राष्ट्रपतिको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यस भ्रमणमा बिआरआइको प्रस्तावलाई पनि अघि सारिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्