Logo

श्रम स्वीकृतिको अवधिमा नेपालमै मृत्यु भएपनि ७ लाख दिने



काठमाडौं, माघ ७ । सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि सात लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप सात लाख पाउने छन् ।

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्