काठमाडौं, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह आज भारत पसेका छन् । उनी झापाबाट सिलगुडीतर्फ पसेका हुन् । लामो समय झापामा बसेर फर्किएका उनी पुनः फर्किएर त्यहींबाट भारत पुगेका हुन् ।
शाह व्यक्तिगत भ्रमणमा भारतको पश्चिम बँगालको सिलगुढी हुँदै दार्जिलिङ जाने उनका सहयोगीले बताएका छन् । तर, भारतमा रहँदा पूर्व राजाले केही राजनीतिक भेट समेत गर्ने बुझिएको छ ।
पूर्व राजा शाहले यसअघि थाइल्यान्डको पटक पटक भ्रमण गरेका थिए । उनी केही वर्ष अघि भारत पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योग आदित्यनाथलाई भेटेर फर्कंदा तरंग आएको थियो । यसपटक पूर्व राजाले गर्ने भेटले तरंग ल्याउने अपेक्षा गरिएको छ ।-File Photo