Logo

किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?



काठमाडौं, १५ माघ । शिहरी विकास मन्त्रालय पनि सम्हालेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा कड्किँदा पाँच सय मध्ये ५९ वटा योजना रद्द हुन पुगेका छन् । ठेकेदारले लिनेबेलामा सक्ने नसक्ने सबै काम हाल पार्ने र योजना पुरा गर्ने बेला कुनै पनि तयार नहुने स्थितिलाई अन्त्य गर्न योजना कटौती गरेर २८ मा झारेका छन् ।

नयाँ मन्त्री निवास ४० वटा बनाउने पुर्वयोजनाअनुसार ठेक्का लगाउदै थियो । तर २५ जना मन्त्री हुने संवैधानिक व्यवस्था भएको देशमा क्वार्टरचाहि ४० वटा किन चाहिन्छ भन्ने तर्क गर्दै गोकुलले आधा भन्दा थोरै कम कटौती गरिदिएको बताइन्छ । उनले प्रदेशतर्फको पहिलो योजनामा परेका १४ मध्ये १० वटा काटेका छन् भने दोस्रो योजनाको २६ मध्ये आठ भवन कटौती भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागी संघीय राजधानी आउँदा बस्न मल्टीस्टोरी फ्याट तयार पारिने भएको छ । अर्थात् जमिनको अभाव चिर्न पाँचवटा भवनमा सातै प्रदेशका प्रमुख अटाउने व्यवस्था मिलाइदैछ ।

यसबाहेक , दुई सुय ५९ मध्ये पाँच-सात लाखमुनिका योजना सबै रद्द भएका छन् । आर्थिक दृष्टिले ठुला परियोजना तर साना रकममा मात्र सिध्याउने गरी ठेक्का लिनु भनेकोे कि तयार हुने संरचना कमजोर बनाउनु कि योजना पास गरेर पैसा खाने काम नगर्ने नियत राखिनु हो भन्ने मन्त्रालयको बुझाई छ ।-जनआस्थाबाट  File Photo



प्रतिक्रिया दिनुहोस्