काठमाडौं, १५ माघ । स्वास्थ्यले साथ दिए आउने जुन महिनामा प्रधानमन्त्री केपी शर्मा ओली बर्मा जाँदैछन् । नजिकै भएपनि बर्मासँग नेपालको लेनादेनाको बाटो अझै खुल्न सकेको छैन ।
कही महिनाअघि जमिन खरिदसम्बन्ध मामिलामा घुसकाण्ड लागेर तीनजना बिचौलियासहित एक प्रदेशका मुख्य मन्त्रीसंगै एउटै जेलमा छन् । छोराको गल्तीमा अर्थमन्त्रीको जागिर गएको छ । उर्जामन्त्री बर्खास्त भएका छन् । यसरी राजनितिक रुपमा पनि धेरै हो त्यो । तर , भएको केही छैन ।
चीन थाइल्यान्डले म्यान्मारको ग्याँस, पेट्रोलियम उत्पादन लैजान्छन् । तुलनात्मक रुपमा म्यान्मार ‘गरिब’ नै रह्रयो तर उसको स्रोतको उपयोगबाट ती दुई देश ‘धनी ’ छन् । म्यान्मारमा उत्पादित इन्धनको रिफाइन त्यहाँ हुदैन , त्यसैले थाइल्यान्ड लगिन्छ । ग्यास पनि बोतलमा भरेर लगिन्छ र त्यो बाटो हुदै हाम्रो देशमा पनि आइपुग्छ । चीनले त त्यहाँको ग्यास र पेट्रोलियम पाइपलाइन युनान प्रान्तसम्म पुर्याईसकेको छ । काठ, गहना, प्राकृतिक जडिबुटी र जेडको माला बनाउने उत्पादनको चीनले प्रचुर उपभोग गर्दै आएको छ । यसरी स्रोत म्यान्मारको धनी हुनेचाँही छिमेकी चीन र थाइल्यान्ड ।
नेपाली बजारमा भारतबाट आयातित दाल र गेडागुडी आउने पनि म्यान्मारबाटै हो । पछिल्लो समय दाल सस्तो भयो । पहिला पाँच लाख टन आउनेमा अअिले आयात घटेर अढाई लाख टन छ । किनभने नेपालबाट पनि गत वर्ष ७० हजार टन दाल भारत गयो । भारतले पठाएको दाल नेपालमा खपत भएपनि भइहाल्यो, भएन भने पनि जाने भारतै हो । यसरी कमसेकम नेपालले सस्तोमा गुणस्तरीय उत्पादन पाए । त्यहाँबाट दाल म्यान्मारबाट सिधै ल्याउन सकै झन् सस्तो हुने थियो ।-जनआस्थाबाट