Logo

२ नम्बर प्रदेशको सरकारको नेतृत्व नेकपाले गर्छ : मण्डल



काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश नम्बर २ को सरकारको गठबन्धन परिवर्तन भए नेकपाले सरकारको नेतृत्व गर्ने दाबी प्रस्तुत गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका छन्,‘यदि प्रदेश नम्बर २ को अहिलेको सत्ता गठबन्धन परिवर्तन भए, नेकपा र राजपा मिलेर सरकार बनाउँछ । तर, सरकारको नेतृत्व भने हामीले गर्छौं ।’

नेकपा सरकारका नेतृत्व गर्न नपाउने हो भने सरकारमा नजानेसमेत उनले स्पष्ट पारेका छन् । अहिले राजपा नेपाल र समाजवादी पार्टीबीचको गठबन्धनमा सरकार छ । मुख्यमन्त्री लालबाबु राउत समाजवादी पार्टीका सांसद हुन् । पछिल्लो समय राजपा र नेकपाबीच राष्ट्रियसभाको निर्वाचनमा तालमेल भएको थियो ।

त्यही दिनदेखि प्रदेश नम्बर २ मा सत्ता समिकरण बदलिने अनुमान गर्न थालिएको छ । तर, मुख्यमन्त्री राउतले वर्तमान सत्ता गठबन्धनले पाँच वर्षको लागि म्याण्डेट पाएको दाबी गर्दै तत्काल सरकार फेरबदल नहुने जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्