Logo

लागुऔषध तस्करी गर्ने विश्वकै सबैभन्दा लामो सुरुङ



लागुऔषध तस्करी गर्न माफियाहरुको सबैभन्दा लामो सुरुङ पत्ता लागेको छ । सुरुङ अमेरिका स्थित स्यान डिएगोमा भेटिएको हो । सुरुङको पत्ता संघीय एजेन्टले यसलाइ पत्ता लगाएको हो । यो तस्करीका लागि प्रयोग भएको हालसम्मकै लामो सुरुङ रहेको जनाइएको छ ।

सुरुङ अमेरिकाको दक्षिणपश्चिम बोर्डरमा अवस्थित रहेको छ । सुरुङको लम्बाई करिब चार हजार तीन सय नौ फिट रहेको छ । योे मेक्सिको र अमेरिकाबीचमा रहेको जनाइएको छ । सुरुङमा एयर भन्टीलेटर, वत्ति, एलिभेटर र थुप्रै प्रकारका प्रविधिहरु जडान गरिएको छ ।

तस्करी र रकम ओसार पोसार गर्न सो सुरुङको निर्माण गरिएको जनाइएको छ । सो सुरुङबाट अत्याधिक मात्रामा प्रत्येक दिन ड्रग भित्रिने गर्दछ । सुरुङ पृथ्वीबाट करिब ७० फिट मुनि रहेको जनाइएको छ ।

करिब पाँच फिट लामो र दुई फिट चौडा रहेको जनाइएको छ । सुरुङबाट अहिलेसम्म कोही पनि माफिया फेला नपरको अधिकारीहरु बताउँछन् । सो सुरुङमा खाजी कार्य निरन्तर जारी रहने एजेन्टले जनाएको छ । यस्तै प्रकारको सुरुङ स्यान डिएगोमा सन् २०१४ मा पत्ता लागेको थियो । सुरुङको लम्बाई करिब तीन हजार दुई सय ५९ फिट लामो रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्