काठमाडौं, १६ माघ । संक्रमणकालीन न्यायसम्बन्धी दुई सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी गराए । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यसबारेमा जानकारी गराएका हुन् ।