अस्ट्रेलिया, माघ १९ । तपाईंको भर्खर भिसा लागेको छ र तपाईं अस्ट्रेलिया आउने तयारीमा हुनुहुन्छ ? यदि तपाईं चीनको कुनैपनि सहरलाई ट्रान्जिट बनाएर आउने तयारीमा हुनुहुन्छ भने बुझ्नुस् कि तपाईंले अस्ट्रेलिया प्रवेश पाउनु हुनेछैन र भिसा क्यान्सिल गरेर यहाँस्थित क्वारेन्टाइनमा राखिनेछ ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले शनिबार घोषणा गरेको नयाँ नियम अनुसार अस्थायी भिसा लिएर कुनैपनि विदेशी नागरिक चीनको बाटो हुँदै अस्ट्रेलिया आउनेछ भने उसको भिसा रद्द गरिनेछ। विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रित गर्ने योजना अनुसार आएको यो नयाँ नियमले भिसा भएपनि उनीहरुले अस्ट्रेलिया प्रवेश गर्न पाउने छैनन्।
यहाँस्थित गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार फेब्रुअरी १ अर्थात् हिजो शनिबारदेखि कुनैपनि विदेशी नागरिकलाई चीनको बाटो हुँदै अस्ट्रेलिया भ्रमण नगर्न आग्रह गरिएको छ। मन्त्रालयको सूचनामा अस्थायी रुपमा २ साताको लागि घोषणा गरिएको यो नियमको समाप्तिपछि उपयुक्त भएमा भिसालाई पुनः दिइनेसमेत उल्लेख गरिएको आजको कान्तिपुर दैनिकमा खवर छ ।
‘